दाँत माझ्ने सही तरिका जान्नुहोस् (शनिवार विशेष)

 अर्थ बुलेटिन संवाददाता   ९ पौष, २०७६



दाँत माझ्नु दैनिक जीवनको अभिन्न अंग हो । सामान्यत दिनमा २ पटक दाँत माझ्नेहरुको संख्या कमि छैन । तर तपाईं सही तरिकाले दाँत माझिरहनुभएको छ त ? तपाईंको अज्ञानताका कारण कतै दाँतहरूले अनावश्यक दुःख त पाइरहेका छैन ?

आउनुहोस् आज दाँत माझ्दा अपनाउनुपर्ने सावधानीहरुका वारेमा चर्चा गरौं । हामी तपाईंलाई केही जानकारीहरु राख्न गइरहेका छौं । जसलाई अपनाउदा तपाईंको दाँत स्वस्थ रहन मद्धत गर्दछ भने अनुहारमा कान्ति छाउनेछ । 

दाँत माझ्दा अपनाउनुपर्ने सावधानीहरु

१. दाँत माझ्ने प्रमुख साधन नै टूथब्रश हो, त्यसैले जहिलेपनि राम्रो टूथब्रश प्रयोग गर्नुस् । सस्तोको लोभमा आफ्ना मूल्यवान दाँतलाई कष्ट नदिनुस् र दाँत नबिगार्नुहोस् ।  

२. नरम ब्रिसल भएको ब्रश प्रयोग गर्नुस् । कडा ब्रिसलले गिजा र दाँतका इनामेल नष्ट गर्दछ ।

३. दाँत माझ्नुभन्दा पहिला ब्रश सफा भएको सुनिश्चित गर्नुहोस् । प्रयोग ब्रशलाई नगर्दा छोपेर राख्नुस् । बाथरूममा नछोड्नुस्, घाममा देखाउनुस् वा घाममा सुकाउनुहोस् ।

४. जहिलेपनि टूथब्रशलाई चोरीऔंला र बुढीऔंलाले समात्नुस् । पूरै हातको भार टूथब्रशमा नपार्नुहोस् ।

५. खाना खानेबित्तिकै दाँत माझ्दा दाँतका इनामेल नष्ट हुन्छन् । त्यसैले खाना खान साथ दाँत माझ्नु मानव स्वास्थ्यका लागि हानिकारक हो । त्यसैगरी दाँत माझ्ने बित्तिकै खाना खानु पनि स्वास्थ्य बर्दक हुँदैन ।

६. दाँत माझ्ने कार्य हतारमा गर्ने होइन । तपाइले यसलाई पनि समय खर्चन कन्जुस्याई नगर्नुहोस् । कम्तीमा दुई मिनेट दाँत माझ्नुस् । दाँतका चार कुनालाई ३३ सेकेन्ड समय दिनुहोस् ।

७. दाँतलाई धेरै रगडेर ब्रश गर्नुहुदैन । ब्रश गर्दा दाँतमा तल र माथि ब्रश चलाउनुपर्दछ । दाँयाँ वायाँ, भित्र वाहिर गरेर ब्रश गर्दा त्यसले दाँत वढि घोटिन्छ । 

८. दाँतमा अड्कने वा गुलियो पदार्थ जस्तै चकलेट आदि खानुभएको छ भने त्यस पश्चात दाँत माझ्नु राम्रो हुनेछ । 

९. दाँत फ्लस गरेको राम्रो तर माउथवाश खासै जरूरी छैन ।

१०. सास गनाउने रोक्नका लागि पनि दिनदिनै दाँत माझ्नुपर्छ । दाँत माझ्दा गिजा पनि सफा गर्न नबिर्सनुहोस् ।

वच्चाहरुलाई सानै उमेरदेखिनै नियमित दाँत माझ्ने बानीको विकास गराउनुहोस् ।  

एजेन्सीको सहयोगमा तयार पारिएको सामग्री



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री


जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation