क्रिसमसमा नेपालको वैदेशिक व्यापार नाफामास्वदेशी उत्पादनको निर्यात समेत सन्तोषजक

 अर्थ बुलेटिन संवाददाता   ९ पौष, २०७६



काठमाडौं । क्रिसमसमा नेपालको वैदेशिक व्यापार नाफामा रहने गरेको छ ।

नेपाल व्यापार तथा प्रवद्र्धन निकासी केन्द्रको तथ्यांक अनुसार क्रिसमसमा प्रयोग हुने वस्तुको उत्पादन स्वदेशमै बढी हुने र कतिपय विदेशसम्म निर्यात हुँदा पछिल्लो चार वर्षको क्रिसमसमा नेपालको वैदेशिक व्यापार नाफामा रहेको हो ।

आर्थिक वर्ष (आव) २०७१/७२ मा ४४ लाखले घाटामा रहेको व्यापार त्यसयता लगातार नाफामा गएको देखिन्छ । आव २०७२/७३ मा ६० लाखले नाफामा थियो भने त्यसयताका वर्षमा क्रिसमसको व्यापार करोडौंको नाफामा देखिन थालेको छ ।

गत आर्थिक वर्ष २०७५/७६ मा मात्रै १४ करोड ३९ लाख ६७ हजार रूपैयाँको क्रिसमसजन्य वस्तु र साढे १२ हजारको क्रिसमस ट्रीमा प्रयोग हुने झिलमिले बत्ती निर्यात भएको छ ।

जबकि, सोही वर्ष जम्मा ३५ लाख ४६ हजार रूपैयाँका क्रिसमसजन्य वस्तु र ४ करोड ३८ लाख १६ हजार रूपैयाँका झिलमिले बत्ती आयात गरिएको छ । यसले क्रिसमसमा नेपालको वैदेशिक व्यापार फाइदाको अवस्थामा रहेको प्रमाणित गर्छ ।

नेपालबाट १६ देशमा क्रिसमसजन्य वस्तुको निर्यात हुने गरेको छ । त्यसमा सबभन्दा अग्रस्थानमा भने संयुक्त राज्य अमेरिका छ । नेपालबाट गत वर्षको क्रिसमसमा अमेरिकामा मात्रै ८ करोड ५८ लाख रूपैयाँको सामाग्री निर्यात भएको निर्यात केन्द्रले जनाएको छ ।

त्यसैगरी, बेलायत दोस्रो स्थानमा छ । बेलायतमा ४ करोड ८८ लाख रूपैयाँ भन्दा बढीको क्रिसमसजन्य वस्तु निर्यात भएको छ । नेपालबाट क्रिमसजन्य वस्तु निर्यात हुने देशमा अमेरिका र बेलायत मात्र छैनन् ।

दक्षिण कोरिया, फिलिपिन्स, साउदी अरब, ताइवान, यूएई, क्यानडा, मेक्सिको, इटली, नेदरल्याण्ड्स, स्पेन, स्वीडेन, रसिया र अष्ट्रेलियामा समेत क्रिसमसजन्य वस्तु निर्यात हुँदै आएका छन् ।

यस्तै, नेपालमा प्रयोग हुने क्रिसमसजन्य गार्मेन्टको उत्पादन नेपालमै हुने गरेको छ ।  त्यस्तै, नेपालमा निर्मित झिलमिले बत्ती भारततर्फ जाने गरेको पाइएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation