२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । नेप्से बढेको छ । साताको चौथो कारोबार दिन आज बुुधबार नेप्से एक दशमलव ८२ अंकले बढेर ११ सय ६८ दशमलव तीन अंकमा चढेकोमा सेन्सिटिभ शुन्य दशमलव ५१ अंकले बढेर दुुई सय ५४ दशमलव ७२ अंकमा चढेको छ ।
आज एक सय ७५ वटा कम्पनीहरुको छ हजार एक सय ६४ वटा कारोबारमा १६ लाख ८१ हजार आठ सय ३८ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ५३ करोड ८३ लाख ४० हजार आठ सय २९ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोबार हुँदा गुमाउने भन्दा कमाउने समुह धेरै देखिएकाछन् । ति मध्ये कमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ४२ अंकले बढेर एक हजार ४२ दशमलव ९७ अंकमा पुुगेको छ भने भने विकास बैंक समुहको सुचक पनि बढेको छ । यसैगरी निर्जिवन बीमा, जीवन बीमा, होटल, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् । जलबिद्युुत, लघुुबित्त टे«डिङ र फाईनान्स समुहको सुचक भने आज घटेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज नेपाल सेवा लघुुबित्त बित्तीय संस्था, कञ्चन डेभलपमेन्ट बैंक आदि परेकाछन भने गुमाउने कम्पनीहरुको सुचीमा नेपाल फाईनान्स, समृद्धि फाईनान्स आदि परेकाछन् । यसैगरी बढी रकम कारोबार भएको आधारमा भने आज सानिमा बैंकको ऋणपत्र, नेपाल बैक आदि परेकाछन् ।