१७ औं वार्षिकोत्सवको उपलक्ष्यमा सिद्धार्थ बैंकद्वारा ग्राहकहरूलाई विशेष छुट

 अर्थ बुलेटिन संवाददाता   ९ पौष, २०७६



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको सुविधाको लागि विशेष छुटको योजना ल्याएको छ । १७ औं वार्षिकोत्सव अर्थात पौष ९ गते, बुधबारलाई लक्षित गरी  पौष ९ गते देखि माघ १० गते ३१ दिनसम्म बैंकले छुटको योजना ल्याएको हो । 

योजना अन्र्तगत दराजमा कार्ड मार्फत् सामान खरिद गर्दा १५ प्रतिशतसम्म अर्थात अधिकतम ५०० सय रुपैयाँ छुट,  पहिलो दुई पटक पाँच सय वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा पाँच सय रुपैयाँ क्यास ब्याक, पहिलो दुई पटक पाँच सय वा सो भन्दा बढि रकमको पस मेसिन मार्फत् कारोबार गर्दा तीन सय ८२ रुपैयाँ क्यास ब्याक, एक महिना भित्र कम्तिमा तीन पटक गरी कुल १५ हजार रुपैयाँको पस मेसिन मार्फत्  कारोबार गर्दा एक हजार रुपैयाँ क्यास ब्याक र बैंक स्मार्ट मार्फत् पहिलो पटक अधिकतम पाँच सय रुपैयाँको मोबाइल टप अप गर्दा २० प्रतिशत क्यास ब्याक दिने योजना सार्वजनिक गरेको हो । 

बैंकले देशभर एक सय ७६ वटा शाखा (चार वटा एक्स्टेन्सन् काउन्टर सहित), एक सय एक वटा  शाखारहित बैंकिङ्ग सेवा, एक सय ९५ एटिएम र १६ सय भन्दा बढी पस मेसिन मार्फत् उच्चस्तरिय र सहज बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation