

३ बैशाख, २०८२ | 16 Apr, 2025
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना नयाँ तीन शाखा कार्यालयहरु ःसुर्खेत शाखा, टिकापुरउप–शाखा तथा अत्तरिया उप–शाखाहरुको शुभारम्भ गरी कारोबार शुरु गरेको छ । सुर्खेत, टिकापुर तथा अत्तरिया तीन वटै कार्यालयहरुको समुद्घाटन कम्पनीका अध्यक्ष डा. आत्मा राम घिमिरेबाट यही पौष ७ र ८ गतेका दिन भएको थियो ।
अध्यक्ष डा. घिमिरेले,यस कम्पनी आफनो शाखाहरु विस्तारको क्रममा रहेको र अरुजीवन बीमा कम्पनीहरुका भन्दा राम्रा बीमा योजना भएको तथ्य प्रकाश पार्दै पश्चिम नेपालका बिभिन्न स्थानहरुमा भएका शाखा बिस्तारबाट आफू हर्षित भएको र यस क्षेत्रका बासिन्दाहरुलाई समेत प्रभु लाइफ इन्स्योरेन्सकोबीमा सेवाबाट लाभ लिन आग्रह समेत गरे । समुद्घाटनकार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख ब्यवसाय अधिकृतको सहभागिता रहेको थियो ।
समुद्घाटन कार्यक्रममा कम्पनीका प्रमूख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले जीवन बीमालाई गाउँसम्म पुर्याउने उद्देश्यसहित प्रभु लाइफ इन्स्योरेन्सको स्थापना भएको बताउँदै कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरे ।
आगामी दिनहरुमा कम्पनीले आवश्यकता अनुरुप देशैभरी थप शाखाहरु विस्तार गर्दे लैजाने र निकट भविष्यमा नै कम्पनीले सर्वसाधारणको लागि रु. ६० करोडको शेयर निष्काशन गर्ने तयारीमा रहेको जानकारी गराए ।