२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । नेप्से आज पनि घटेको छ । आज बिहिबार नेप्से शुन्य दशमलव ६२ अंकले घटेर ११ सय ६७ दशमलव ४१ अंकमा झरेको छ भने सेन्सिटिभ शुन्य दशमलव ३६ अंकले घटेर दुुई सय ५४ दशमलव ३६ अंकमा झरेको छ ।
आज एक सय ७२ वटा कम्पनीहरुको छ हजार वटा कारोबारमा १६ लाख ४१ हजार दुुई सय कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५८ करोड ८६ लाख ७७ हजार आठ सय ८७ रुपैयाँ पुुगेको छ । आज १२ वटा समुहको कारोबार हुँदा चार वटा समुहले कमाएकाछन् भने आठ वटाले गुमाएकाछन् ।
सो अनुुसार कमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ६९ अंकले बढेर एक हजार ४३ दशमलव ६६ अंकमा पुगेकोे छ भने विकास बैंक समुहको सुचक पनि दुुई दशमलव २९ अंकले बढेर १५ सय ८८ दशमलव २३ अंकमा चढेको छ । यसैगरी ट्रेडिङ र जीवन बीमा समुहको सुचक पनि बढेकाछन्
। जलबिद्युुत समुहको सुचक भने आज छ दशमलव ४७ अंकले घटेर नौ सय ३६ दशमलव ७० अंकमा पुुगेको छ । निर्जिवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज नेपाल सेवा लघुुबित्त बित्तीय संस्था, साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल लिमिटेड आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा पाँचथर पावर कम्पनी, हिमालयन पावर पार्टनर आदि परेकाछन् । कारोबार भएको रकमका आधारमा भने आज नेपाल बैंक, एन आई सी एशिया बैंकको ऋणपत्र आदि परेकाछन् ।