

३० चैत, २०८१ | 12 Apr, 2025
काठमाडौं । सिद्धार्थ बैंकको १७ औं वार्षिकोत्सवको सु–अवसरमा देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं, विराटनगर, पोखरा, भरतपुर, बुटवल, धनगढी र नेपालगञ्जमा आयोजित उक्त कार्यक्रममा तीन सय ४२ जनाले रक्तदान गरेका थिए ।
बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गरिएको रक्तदान कार्यक्रम पारी दमक, जनकपुर र हेटौंडामा पनि गरिनेछ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले देशभर १७६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, १९७ एटिएम र १,६०० भन्दा बढी पस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।