२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । नेप्से झण्डै पाँच अंकले घटेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से चार दशमलव ९९ अंकले घटेर ११ सय ६२ दशमलव ४३ अंकमा झरेकोमा सेन्सिटिभ पनि शुन्य दशमलव ९८ अंकले घटेर दुुई सय ५३ दशमलव ३९ अंकमा झरेको छ ।
आज एक सय ८१ कम्पनीहरुको छ हजार चार सय ५० वटा कारोबारमा १५ लाख ५४ हजार आठ सय ९० कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ४२ करोड २४ लाख ५३ हजार नौ सय नौ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोबार हुँदा आठ वटा समुहले गुमाए पनि चार वटा समुहले भने कमाएकाछन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक आठ दशमलव ६५ अंकले घटेर एक हजार ३५ दशमलव एक अंकमा झरेको छ भने विकास बैंक समुहको सुचक छ दशमलव ४८ अंकले घटेर १५ सय ८१ दशमलव ७५ अंकमा झरेको छ । जलबिद्युुत, निर्जिवन बीमा, होटल, लघुुबित्त, उत्पादनमुुलक र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।
ट्रेडिङ, जीवन बीमा, फाईनान्स र अन्य समुहको सुचक भने बढेर हरियो भएको छ । कमाउने कम्पनीहरुको सुचीमा आज साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल लिमिटेड, माउन्टेन हाईड्रो पावर कम्पनी आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा प्रोग्रेसिभ फाईनान्स, कृषि बिकास बैंक आदि परेकाछन् । कारोबार भएको रकमका आधारमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर आदि परेकाछन् ।