

३० चैत, २०८१ | 12 Apr, 2025
काठमाडौं । माछापुच्छ्रे बैंक र नेपालस्थित दुुबईको मश्रिक बैंकका प्रतिनिधीबीच सम्झौता भएको छ । बैकले दुवईस्थित मश्रिक बैंकबाट १० मिलियन अमेरिकी डलर नेपाली रुपैयाँ एक अर्बभन्दा बढी पैसा नेपाल ल्याउनको लागि माछापुुच्छेले उक्त बैंकको नेपालस्थित प्रतिनिधीसंग सम्झौता गरेको हो ।
सम्झौतामा माछापुच्छ्रेका तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुमन शर्मा एवं मश्रिक बैंक दुुबैका तर्फबाट नेपालका लागि प्रमुुख हेमा अधिकारीले हस्ताक्षर गरेकी हुुन । सम्झौता अनुुसार उक्त रकम नेपाल राष्ट बैकको स्वीकृती पश्चात ल्याउने बैंकले जानकारी दिएको छ ।
राष्ट बैकको निर्देशन अनुसार कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार माछापुच्छ्रेले विदेशबाट पैसा ल्याउने प्रकृया सुरु गरेको छ ।
यसरी ल्याईएको रकम रकम कृषि, ऊर्जा, पर्यटन, साना तथा मझौला व्यवसाय लगायतका अन्य विभिन्न प्राथमिकताका क्षेत्रमा लगानी गर्ने बैंकले जानकारी दिएको छ ।