२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । नेप्से सोमबार बढेको छ । नेप्से आज पाँच दशमलव ५३ अंकले बढेर ११ सय ६७ दशमलव ९५ अंकमा पुुगे पनि सेन्सिटिभ भने शुन्य दशमलव शुन्य छ अंकले घटेर दुुई सय ५३ दशमलव ३३ अंकमा झरेको छ ।
आज एक सय ७७ वटा कम्पनीहरुको सात हजार ३८ वटा कारोबारमा १४ लाख ९१ हजार ४४ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ६२ करोड २३ लाख ६३ हजार चार सय ८८ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोबार हुँदा गुमाउने भन्दा कमाउने समुह धेरै देखिएकाछन् । सो मध्ये गुमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक दुुई दशमलव दुुई अंकले घटेर एक हजार ३२ दशमलव ८० अंकमा झर्दा विकास बैंक समुहको सुचक पनि एक दशमलव ३५ अंकले घटेर १५ सय ८० दशमलव ४० अंकमा झरेको छ ।
यसैगरी जलबिद्युुत र फाईनान्स समुहको सुचक पनि घटेकाछन् । कमाउने समुहमा परेको निर्जिवन बीमा समुहको सुचक भने ६१ दशमलव ९१ अंकले बढेर चार हजार पाँच सय ८१ दशमलव ९७ अंकमा चढेको छ । यि बाहेक जीवन बीमा, उत्पादनमुुलक, लघुुबित्त, टे«डिङ, होटल, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेर रातै भएकाछन् ।
कमाउने कम्पनीको सुचीमा भने आज शिवम सिमेन्ट, स्वदेशी लघुुबित्त बित्तीय संस्था आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा माउन्टेन हाईड्रो पावर कम्पनी, जोशी हाईड्रो पावर कम्पनी आदि परेकाछन् । यसैगरी कारोबार भएको रकमका आधारमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट आदि परेकाछन् ।