चिनी किसानले उद्योगीबाट ८१ करोड पाएनन्भुक्तानीको माग राख्दै माइतिघरमा प्रर्दशनदेखी सिंहदरबारमा छलफल

 अर्थबुलेटिन संवाददाता   १५ पौष, २०७६



काठमाडौं । चिनी मिलहरुले उखु किसानहरुको ८१ करोड भुक्तानी दिएका छैनन् । मिलहरुले भुक्तानी नदिएपछि किसानहरुले सोमबार माइतिघरमा प्रर्दशनदेखि सिंहदरबारमा छलफल गरे ।

चिनी मिलहरुले उखुको रकम हालसम्म भुक्तानी नगरेको जनाउँदै सर्लाहीका उखु किसानले राजधानीको माइतिघरमा प्रर्दशन गरिरहँदा सिंहदरबार स्थीत संसदीय समितिमा यसबारे छलफल भएको थियो ।

उखु किसानका अनुसार सर्लाहीको अन्नपूर्ण चिनी मिल धनकौल र महालक्ष्मी सुगर प्रालिले १० वर्षदेखि उखुको रकम भुक्तानी गरेको छैन ।

तीन वर्षदेखि उखु किसान संघर्ष समिति गठन नै गरेर स्थानीय क्षेत्रमा आन्दोलनमा उत्रेपनि उखुको भुक्तानी पाएका छैनन ।

रामनगर गाउँपालिकाका मायाशंकर यादवले मिलले उखुको भुक्तानी नदिएपछि माइतिघरमा प्रर्दशन गर्नुपरेको जानकारी दिए । उनका अनुसार करिब पाँच हजार किसानले चिनी मिलबाट करिब  ८१ करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ ।

अन्नपूर्ण चिनी  मिलले ६० करोड र महालक्ष्मी मिलले  २१ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको जनाइएको  छ । भुक्तानी नपाएपछि किसानले सो  मिलमा ताला समेत लगाएका छन ।

उनीहरुले सरकारले निर्धारण गरेको प्रतिक्विन्टल ५३६ लाई उखु मिलले कार्यान्वयन गर्नुपर्ने र उखुको तौलमा प्रतिक्विन्टल २० प्रतिशतसम्म सुख्खाकटीको नाममा काटिएको रकम समेत भुक्तानी गर्नुपर्ने माग गरेका छन ।

संसदको उद्योग बाणिज्य र श्रम तथा उपभोक्त हित समितमा भएको छलफलमा उखु किसानहरुलाई पैसा दिलाउन समितिले सरकारलाई निर्देशन दिएको छ । किसानको पैसा नतिर्नेलाई राज्यको सबै संयन्त्र लगाएर कारबाही गर्न पनि भनेको छ ।

मिलले पैसा नदिएको भन्दै उखु किसानहरु आन्दोलन गर्न काठमाडौं आएका  उनीहरुले सोमवार संसदीय समितिमा उपस्थित भएर आफ्नो पीडा सुनाए । बैठकमा उपस्थित कृषिमन्त्री घनश्याम भुसालले भने अन्नपूर्ण सुगरमिलका मालिक राकेश अग्रवाल र महालक्ष्मी सुगर मिलका मालिक वीरेन्द्र कनौडिया भागेको बताए ।

अन्नपूर्णले ५० र महालक्ष्मीले २१ करोड रुपैयाँ किसानलाई तिर्नुपर्ने छ । वीरेन्द्र कनौडिय नेपाली कांग्रेसबाट प्रदेश २ का प्रदेशसभा सदस्य पनि हुन । समितिले भने जसरी पनि किसानलाई पैसा दिलाउन र नदिने उद्योगलाई काबारही गर्न निर्देशन दिएको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation