

३० चैत, २०८१ | 12 Apr, 2025
काठमाडौं । पछिल्लो समय तीव्र रूपमा लगानी विस्तार गर्ने रणनीतिमा एनएमबी बैंक लागेको छ । मुख्य लगानीका क्षेत्र तय गदैँ ऋण लगानी तयारीमा उक्त बैंक छ । बैङ्कले उर्जा, पर्यटन, कृषि र शिक्षा क्षेत्रलाई उच्च प्राथामिकतामा राखेर ऋण लगानी गर्ने भएको हो ।
‘नेपालमा यी चार ओटा क्षेत्रमा अत्यधिक सम्भावना भएकाले बैङ्कले त्यतातिर फोकस गर्न लागेको हो,’ प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले भने, ‘यी क्षेत्रमा लगानी गर्दा देशको व्यापार घाटा कम हुने, पुँजी विदेशतिर नजाने, युवाहरु पनि स्वरोजगार हुन्छन् ।’
उनका अनुसार कुन प्रदेशमा के सम्भावना छ भनेर प्रदेश–प्रदेशमा रहेको बैङ्कका शाखाले पनि अध्ययन गरिरहेको छ । ‘प्रत्येक प्रदेशमा फरक फरक सम्भावना छन्,’उनले भने, ‘पहिला ती सम्भावनाको पहिचान गरेर लगानी गरिन्छ ।’
घरेलु तथा साना उद्योगमा पनि बैङ्कले लगानी गर्ने छ । त्यसबाहेक प्राथामिकता क्षेत्रमा सबैभन्दा बढी फोकस गरेर जाने उनको भनाइ छ । बैङ्कले तय गरेका लगानीका क्षेत्रमा अहिले पनि धेर थोर लगानी भएको छ । तर, अब व्यापक रुपमा लगानी बढाउने बैङ्कले जनाएको छ ।