आज पनि ओरालो लयमा नेप्से

 अर्थ बुलेटिन संवाददाता   १५ पौष, २०७६



काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से एक दशमलव ९२ अंकले घटेर ११ सय ६६ दशमलव तीन अंकमा झरेको छ । नेप्सेका अनुुसार आज सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव एक अंकले घटेर दुई सय ५२ दशमलव ३१ अंकमा झरेको छ ।

आज एक सय ७७ कम्पनीहरुको छ हजार पाँच सय ३२ वटा कारोबारमा १३ लाख दुुई हजार नौ सय ८६ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ४४ करोड २२ लाख ५६ हजार एक सय ५६ रुपैयाँ पुुगेको छ ।  

आज १२ वटा समुहको कारोबार हुँदा छ वटाले कमाएकाछन् भने छ वटाले गुमाएकाछन् । सो मध्ये कमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक दुुई दशमलव चार अंंकले बढेर एक हजार ३४ दशमलव ८४ अंकमा चढ्दा विकास बैंक समुहको सुचक पनि चार दशमलव ८८ अंकले बढेर १५ सय ८५ दशमलव २८ अंकमा चढेको छ ।

जलबिद्युुत, लघुुबित्त, ट्रेडिङ र होटल समुहको सुचक पनि बढेर हरियो देखिएकाछन् । निर्जिवन बीमा समुहको सुचक भने आज १३ दशमलव ७५ अंकले घटेर चार हजार पाँच सय ५८ दशमलव २२ अंकमा झरेको छ । यि बाहेक जीवन बीमा, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेर रातै भएकाछन् । 

कमाउने कम्पनीहरुको सुचीमा आज बिशाल बजार कम्पनी, सिभिल लघुुबित्त बित्तीय संस्था आदि परेकाछन भने गुमाउने कम्पनीहरुको सुचीमा नेपाल टेलिकम, युनियन हाईड्रो पावर कम्पनी आदि परेकाछन् । कारोबार भएको रकमका आधारमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट आदि परेकाछन् ।  

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation