२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौँ । अंग्रेजी नयाँ वर्षको पहिलो दिन (१ जनवरी) आज नेपाली टोपी दिवस । जागरुक युवा अभियान नेपालले गएको ७ वर्षदेखि नेपालमा टोपी दिवस मनाउँदै आएको छ । टोपी बचाउ अभियान चलाउँदै आएको छ ।
अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको भन्दै २०७० सालदेखि नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि ‘टोपी दिवस’ मनाउन शुरु गरिएको हो । जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ ।
नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भाद्गाउँले टोपी, ढाका टोपी र आ आफ्नो संस्कृति अनुसारको टोपी लगाएर टोपी दिवस मनाउने गरिन्छ ।
तर, नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् । तत्कालीन सरकारले सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको हो ।
हार्दिक मंगलमय शुभकामना
राष्ट्रिय टोपी दिवस का अवसरमा हामी हाम्रा सम्पूर्ण पाठकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
अर्थ बुलेटिन परिवार