२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । आज बुुधबार नेप्से तीन दशमलव ४७ अंकले बढेर ११ सय ६९ दशमलव ५० अंकमा चढेकोमा सेन्सिटिभ शुन्य दशमलव ९७ अंकले बढेर दुुई सय ५३ दशमलव २८ अंकमा चढेको छ ।
आज एक सय ७८ कम्पनीहरुको छ हजार एकसय ७४ वटा कारोबारमा ११ लाख ७५ हजार तीन सय १३ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ३७ करोड २९ लाख ८८ हजार तीन सय एक रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोबार हुँदा गुमाउने भन्दा कमाउने समुह धेरै देखिएकाछन् । यि मध्ये वाणिज्य बैंक समुहको सुचक तीन दशमलव ३७ अंकले बढेर एक हजार ३८ अंकमा चढेको छ भने विकास बैंक समुहको सुचक छ दशमलव ४८ अंकले बढेर १५ सय ९१ दशमलव ७६ अंकमा चढेको छ ।
होटल, जलबिद्युुत, ट्रेडिङ, उत्पादनमुुलक, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेर रातै भएकाछन् । निर्जिवन बीमा समुहको सुचक भने आज २७ दशमलव ८२ अंकले घटेर चार हजार पाँच सय ४० दशमलव ४० अंकमा पुुगेको छ । यि बाहेक जीवन बीमा, फाईनान्स र अन्य समुहको सुचक पनि घटेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज तारागाउँ रेजिडेन्सी होटल, ओरन्टल होटल समुह आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा गुुडविल फाईनान्स, युनियन हाईड्रो पावर कम्पनी आदि परेकाछन् । कारोबार भएको रकमका आधारमा भने आज ओरन्टल होटल, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन् ।