नयाँ बर्षको दिन सुनको मूल्य हालसम्मकै उच्च

 अर्थ बुलेटिन संवाददाता   १६ पौष, २०७६



काठमाडौं । नयाँ बर्ष २०२० को पहिलो दिन अर्थात् बुधबार सुनको मुल्य हालसम्मकै सबैभन्दा महंगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मुुल्य प्रतिोला ७३ हजार ५०० रहेको छ, जुन हालसम्म कै उच्च मुल्य हो ।

यस भदौ १८ गते र हिजो पनि सुनको मुल्य सोही विन्दुमा नै थियो, जसअनुसार सुन मुल्य तेस्रो पटक उच्च विन्दुमा पुगेको छ ।  तर, आज नयाँ बर्षको दिन चाँदीको मुल्य भने घटेको छ । हिजो प्रतितोला ९०० रहेको चाँदीको मुल्य आज ८९० रुपैयाँमा खुम्चिएको छ ।

अमेरिका र चीन बीचको व्यापार युद्धको कारण विश्व शेयर बजारमा ह्रास आउने डरले लगानीकर्ताहरुले सुन किनेर होल्ड गर्ने गरेका छन, जसको फल स्वरूप विश्वबजारमा सुनको मुल्य बढेको छ र त्यसैको प्रभावले नेपालमा पनि सुनको मुल्य आकाशिएको हो ।

सामान्य अवस्थामा नेपाली बजारमा सुनको मुल्य प्रतितोला ६० हजारको हारहारीमा थियो ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation