

३० चैत, २०८१ | 12 Apr, 2025
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्दै बर्दिबास नगरपालिका – ३, पाटु, महोत्तरीबाट शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । प्रदेश २ का बैंकका प्रमुख सौरभ चौधरी तथा बर्दिबास नगरपालिका – ३ का अध्यक्ष राजन प्रसाद ढुङ्गगानाले संयुक्तरुपमा बर्दिबास, पाटुमा शाखारहित बैंकिङ्गका प्रतिनिधी गंगाबहादुर कार्कीलाई ट्याव मेसिन हस्तान्तरण गरेका हुुन् ।
उद्घाटन पश्चात् बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।