सन्दर्भ: भ्रमण वर्ष–२०२० ‘मुलुकभरका होटलमा पर्यटक राख्ने क्षमता कति ?’मुलुकभर १२४ होटलमा ४० हजार ८५६ बेड भएको नेपाल पर्यटन बोर्डको तथ्यांक

 अर्थ बुलेटिन संवाददाता   १७ पौष, २०७६



काठमाडौं । २०२० मा सरकारले नेपालमा २० लाख पर्यटक भित्राउने योजना बनाएको छ ।  २०२० देखि २०३० सम्मको १० वर्षे अवधिलाई भ्रमण दशकको रूपमा घोषणा गरेको छ । 

सरकारले भ्रमण बर्षको शुरुवात गरिरहँदा मुलुकभरका होटलहरु के पर्यटन राख्ने क्षमता छ त ? यसबारे सबैको चासो देखिएको छ । होटल क्षेत्रमा पछिल्लो समय लगानी बढिरहेको सरकारी तथ्यांकले नै देखिन्छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांंक अनुसार, गत कात्तिक महिनासम्ममा नेपालको पर्यटन क्षेत्र बैंक तथा वित्तीय संस्थाले एक खर्ब २३ अर्ब रूपैयाँ लगानी गरेका छन । उक्त लगानीले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालिन पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन् ।

२० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सुरू हुन लागेको पर्यटन वर्षको शुभारम्भसम्म आइपुग्दा नेपालमा तारे होटल र अन्य पर्यटकीय होटलको संख्या एक हजार १२४ पुगेको नेपाल पर्यटन बोर्डको तथ्यांक छ । यी सबै होटलमा गरेर ४० हजार ८५६ बेड छन् ।

पर्यटन वर्षलाई लक्षित गरेर केही तारे होटल सञ्चालनमा आइसकेका छन् । काठमाडौंको नक्सालमा मेरियट, ठमेलमा अलफ्ट, भिभान्त, भैरहवामा बोधी रेडसन, नेपालगञ्जमा सोल्टी वेस्टइन्ड प्रिमियर जस्ता होटल सञ्चालनमा आएका छन् ।

काठमाडौंमै होटल अकामा सञ्चालनमा आएको छ । आन्तरिक विवादका कारण लामो समयसम्म बन्द रहेको पाँच तारे होटल एभरेष्ट पनि यसै वर्षदेखि सञ्चालनमा आएको छ ।

संयुक्त आवासीय प्रयोजनका लागि बनेका कतिपय अपार्टमेन्टहरू अहिले धमाधम होटलमा परिणत भइरहेका छन । नयाँ खुल्न लागेका होटलमा नेपालमा ठूला व्यवसायीक घरानादेखि विदेशी ब्राण्डसम्मको लगानी छ ।

नेपालको प्रतिष्ठित व्यवसायीक घराना मानिसएको गोल्यान समूहले काठमाडौंको सोल्टीमा पाँच तारे सुविधाको ‘होटल ह्यात प्लेस’ यसै वर्षदेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ । जसमा एक सय ५६ वटा सुविधायुक्त कोठा रहने बताइएको छ । काठमाडौंको ठमेलमा गैरआवासीय नेपाली शेष घलेले काठमाडौं सेराटन निर्माण गरिरहेका छन् । यसबाट पर्यटक राख्ने क्षमता थप बढ्दै गएको देखिन्छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation