नेप्सेको अन्तिम कारोबार पनि सुखद रहेन

 अर्थ बुलेटिन संवाददाता   १७ पौष, २०७६



काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से घटेर नै रोकिएको छ । आज नेप्से तीन दशमलव २९ अंकले घटेर ११ सय ६६ दशमलव २१ अंकमा पुुग्दा सेन्सिटिभ एक दशमलव एक अंकले घटेर दुुई सय ५२ दशमलव १८ अंकमा पुुगेको छ ।

आज एक सय ७० वटा कम्पनीहरुको सात हजार ८३ वटा कारोबारमा १६ लाख ६० हजार चार सय छ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ५३ करोड २२ लाख ११ हजार दुुई सय ११ रुपैयाँ पुुगेको छ ।  

आज १२ वटा समुहको कारोबार हुँदा ३ वटा समुहको सुचक बढेर हरियो देखिए पनि नौं वटा समुहको सुचक घटेर रातो देखिएको छ । जसमध्ये वाणिज्य  बैंक समुहको सुचक दुुई दशमलव दुुई अंकले घटेर एक हजार ३६ दशमलव एक अंकमा पुुुग्दा निर्जिवन बीमा समुहको सुचक १६ दशमलव २२ अंकले घटेर चार हजार पाँच सय २४ दशमलव १८ अंकमा पुगेको छ ।

विकास बैंक, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेर रातै भएकाछन् । जलबिद्युुत, उत्पादनमुुलक र लघुुबित्त समुहको सुचक भनेर बढेर हरियो भएकाछन् । 

कमाउने कम्पनीहरुको सुचीमा आज जोशी हाईड्रो पावर कम्पनी, नेपाल सेवा लघुुबित्त बित्तीय संस्था आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट फण्ड, ओरन्टल होटल आदि परेकाछन् । यसैगरी कारोबार भएको रकमको आधारमा भने आज शिवम सिमेन्ट, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन् । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation