चिसोबाट कसरी जोगिने ? यस्ता छन, टिप्स !

 अर्थ बुलेटिन संवाददाता   १८ पौष, २०७६



जाडो समय । यो समयमा मानिसलाई दैनिक काम गर्न सजिलो पनि हुँदैन । चिसोले जुनसुकै बेला पनि स्वास्थ्यलाई असर गर्न सक्छ ।

प्रायः मानिसले जाडोबाट बच्न न्याना एवम् बाक्ला कपडा लगाउने गरेका छन् । तर कतिपय बेला बाक्ला स्वेटर वा ज्याकेट लगाएर बस्दा पनि उत्तिकै जाडो हुने गरेको हुन्छ ।जाडोलाई लक्ष्य गरी सस्तादेखि महँगा सबै किसिमका कपडा आउन थालेका छन् । त्यस्तै हिटर, वाटरब्याग, एसीलगायत सामानको पनि व्यापार पनि उकालो लागेको छ ।

सामान्य फुटपाथदेखि सपिङ मलसम्म जाडो मौसममा लगाउने कपडा र प्रयोग गर्ने इलेक्ट्रिक सामानको व्यापार बढ्दै छ । यस्तो अवस्थामा कपडाले मात्र केही गर्दैन, चिसोबाट बच्ने अन्य उपाय पनि अपनाउनु राम्रो हुन्छ । हामीले यहाँ जाडोबाट बच्ने केही उपायबारे चर्चा गरेका छौं । अवश्य पनि ती उपाय तपाईंलाई उपयोगी हुन सक्छन्—

तातो खाना खानुहोस्

जाडोमा तातो खाना खाँदा त्यसले शरीरलाई फाइदा पु(याउँछ नै । तातो खाना मात्र होइन, शरीरलाई भित्रैबाट गर्मी गराउने खालको खाना खानु बढी लाभदायी हुन्छ । स्वादका लागि मात्र तातो खानेकुरा खानु राम्रो होइन । जाडोमा चिसो खाना खानुभयो भने तपाईंको स्वास्थ्यलाई बढी असर गर्न सक्छ ।

अदुवा खानुहोस्

शरीरलाई गर्मी गराउने सबैभन्दा उत्तम उपाय अदुवा सेवन हो । यसले रुघाखोकीलगायतका चिसोबाट उब्जिने समस्या समाधान गर्छ । अदुवा चियामा हालेर होस् वा खानामा मसलाका रुपमा पनि प्रयोग गरेर सकिन्छ ।जुनसुकै तरिकाबाट यसको सेवन गर्नाले चिसोबाट बच्न सकिन्छ । अधिकांश मानिसलाई चिसो मौसममा रुघाखोकीलगायत समस्या हुने गरेका छन् । अदुवालाई पोलेर पनि प्रयोगमा ल्याउन सकिन्छ ।

शरीरमा तेल लगाउनुहोस्

तेलको मालिस शरीरलाई गरम गराइराख्ने उपयुक्त प्रविधि हो । विशेषगरी तिल, जैतुन र तोरीको तेल शरीरमा मालिस गर्दा त्यसले राम्रो गर्छ । तेल लगाएर मसाज गर्नाले चिसो लाग्नबाट जोगाउनुका साथै शरीरलाई न्यानो पनि बनाइराख्छ ।मानिसले तातो बिहानको घाममा तेल लगाई मालिस गर्ने चलन पनि छ । जोडाबाट बच्न यो विधि पनि उपयुक्त हुन्छ । बिहानीको घाममा बस्दा पनि जाडोबाट सुरक्षित हुन सकिन्छ ।

घाम अवश्य ताप्नुहोस्

घाममा भिटामिन डी पाइन्छ । जाडो याममा शरीर अल्छी हुन जान्छ । घाम ताप्नाले शरीरमा स्फूर्ति आउनुका साथै चिसोबाट पनि बचाउन मद्दत गर्दछ । त्यसैले जाडोमा घाम ताप्न नभुल्नुहोस् ।

मह सेवन गर्नुहोस्

जाडोमा मह खानु स्वास्थ्यका लागि धेरै फाइदाकारी छ । महमा आइरन पाइन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । साथै तन्दुरुस्तीका लागि पनि मह फाइदाजनक छ ।

कस्ता लुगा लगाउने 

जाडो याममा ऊनीका बाक्ला ज्याकेट लगाउनु राम्रो हुन्छ । सवारीसाधनमा हिँड्दा अथवा गाडीमा यात्रा गर्दा शरीरमा हावा नपस्ने किसिमका लुगा लगाउनुपर्छ । बजारमा अहिले विभिन्न मूल्यका ज्याकेट, हुक र कोट उपलब्ध छन् । जाडोमा भुवायुक्त टिसर्ट, हाइनेक, लेदरको ज्याकेट पनि लगाउनु राम्रो हुन्छ ।

 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री


जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation