

६ बैशाख, २०८२ | 19 Apr, 2025
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र भैसिपाटी, ललितपुरस्थित नेपाल मेडिसिटी हस्पिटलबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले अस्पतालको विभिन्न सेवामा सात प्रतिशतसम्म छुट पाउनेछन् । सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखरराज बस्ताकोटी र नेपाल मेडिसिटी हस्पिटलका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका छन् ।