कुल सरकारी खर्च साढे ३ खर्ब पुग्यो

 अर्थ बुलेटिन संवाददाता   २१ पौष, २०७६



काठमाडौं । कुल सरकारी खर्च साढे ३ खर्ब पुगेको छ । अर्थ मन्त्रालयका अनुसार अहिलेसम्म ३ खर्ब ४७ अर्ब रुपैयाँ कुल सरकारी खर्च भएको छ, जसमध्ये २ खर्ब ८३ अर्ब चालु खर्च भएको छ भने पुँजीगत खर्चतर्फ ४७ अर्ब ८० करोड भएको छ ।

वित्तीय व्यवस्थापनतर्फ १६ अर्ब खर्च भएको देखिन्छ । गत पुस १ सम्म सरकारी खर्च ३ खर्ब ८ अर्ब रुपैयाँ थियो । बैंकिङ प्रणालीमा ५० अर्ब रुपैयाँ अधिक तरलता छ । यो बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद मौज्दात बापत राष्ट्र बैंकमा राख्नुपर्ने बाहेकको रकम हो । यसकारण सो रकम लगानीयोग्य हो ।

चालु आवको सुरुदेखि नै बैंकहरूको लगानी प्रवाह दर घटेको छ । गत साता वाणिज्य बैंकको निक्षेप तथा कर्जाको तथ्यांकले देखाएको छ । सो अवधिमा वाणिज्य बैंकहरूको निक्षेप २१ अर्ब बढ्दा कर्जा प्रवाह ९ अर्ब रुपैयाँ मात्र भएको छ । प्रायः अघिल्ला सातामा निक्षेप वृद्धिभन्दा धेरै कर्जा प्रवाह हुँदै आएको थियो ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation