

२७ बैशाख, २०८२ | 10 May, 2025
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगानालाई नियुक्त गरेको छ । मन्त्रीपरिषद्को सोमबारको बैठकले ढुंगानालाई अध्यक्षमा नियुक्त गरेको हो । मन्त्रिपरिषद बैठकले आगामी ४ वर्षका लागि ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको हो । अर्थमन्त्री डा युवराज खतिवडाले ढुंगानालाई नियुक्तिका लागि प्रस्ताव गरेका थिए ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँल नेतृत्वको छनोट समितिले ढुंगानासहित बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र डा केशवप्रसाद श्रेष्ठलाई सिफारिस गरेको थियो । उनले नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेर कार्यकारी निर्देशकबाट अवकास पाएका थिए । उनी अहिले बोर्डमा विज्ञ सञ्चालकको रुपमा कार्यरत छन ।