

६ बैशाख, २०८२ | 19 Apr, 2025
काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको साना तथा लघु बैंकिङ्ग कार्यालय, दमौलीमा सदस्य रहेकी मोहोनीमाया थापा मगरको मृत्यु भएकोले निजले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।
उक्त रकम स्व. थापा मगरको श्रीमान भूपाल थापा मगरलाई बैँकका दमौली शाखाका शाखा प्रमुख उदयराज तिमिल्सिना,साना तथा लघु वैकिङ् प्रमुख धु्रव राज घिमिरे, वडा सदस्य सुर वहादुर थापाले संयुक्तरुपमा भुक्तानी साँवा र ब्याज बापतको रकम ५४ हजार दुई सय ७८ रुपैयाँ र काजकिरिया खर्च बापत पाँच हजार रुपैयाँ समेत गरी कुुल ५९ हजार दुुई सय ७८ रुपैयाँ वितरण गरेको हो ।
यसैगरी बैंकले तिर्न बाँकी रहेको कर्जा रकम दुुई लाख ११ हजार चार सय ४० रुपैयाँ समेत मिनाह गरेको छ ।