‘श्रम बैंक’ स्थापनाको तयारीमा सरकार

 अर्थ बुलेटिन संवाददाता   २२ पौष, २०७६



काठमाडौं । सरकारले ‘श्रम बैंक’ स्थापनाको तयारी थालेको छ । देशभरका श्रमिकलाई एकै ठाउँमा समेट्ने गरी सरकारले श्रम बैंक स्थापनाको तयारी गरेको हो । श्रमिकहरुकै सहभागीतामा श्रमिकहरुकै वित्तीय आवश्यकता परिपूर्ति गर्न सहयोग पुग्ने गरी श्रम बैंक स्थापना गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले बताए ।

७५३ ओटै स्थानीय तहका सवै खालका श्रमिकहरु बैंक समेटेर सुचीकृत गरिने र फरक फरक इच्छा र रुचीअनुसारको श्रम भएका श्रमिकलाई प्रशिक्षण समेत दिइने उनको भनाइ छ । प्रशिक्षित श्रमिकलाई बैंकमार्फत नै विभिन्न क्षेत्रमा श्रमका लागि उपलव्ध गराइने रेग्मीको भनाई छ ।

श्रमिकलाई प्रशिक्षण तथा तालिमका लागि सरकारले सातओटै प्रदेशमा ट्रेनिङ सेन्टर खोल्नेछ । बैंकमा सुचीकरण भएका श्रमिक सम्वन्धीत क्षेत्रका रोजगारदाताले श्रममा लैजान सक्नेछन । खासगरी, कृषि, प्लम्बर, उद्योग, सिलाइ, घरेलु उत्पादन, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा ती श्रमिक लैजान सकिनेछ ।

रोजगारदाताले कुन क्षेत्रमा श्रमिकहरु उपलव्ध गराउने हो बैंकबाटै उपलव्ध गराउन सक्नेछ । श्रम बैंक स्थापनाका लागि मन्त्रालयले बनाएको गठित अध्ययन टोलीले अहिले काम गरिरहेको रेग्मीले बताए ।

नयाँ अवधारणाका रुपमा श्रम बैंक स्थापना गर्न आवश्यक प्रक्रिया अध्ययन गरी यसैबर्षदेखि लागू हुने रेग्मीले बताए । यसअघि पनि सरकारले बजेटमै तोकेर श्रम बैंक स्थापना गर्ने भनेपनि योजना अघि बढ्न सकेको थिएन ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation