

६ बैशाख, २०८२ | 19 Apr, 2025
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३६ जना कर्मचारीको बढुवा गरेको छ । बैंकले प्रशासन सेवातर्फको निर्देशकमा ९ जना र प्रशासन सेवातर्फको उपनिर्देशकमा २७ जना कर्मचारीको बढुवा गरेको जनाएको छ ।
राष्ट्र बैंकले उपनिर्देशक पदमा कार्यरत कर्मचारीहरुको नेपाल राष्ट्र बैंक, कर्मचारी सेवा विनियमावली २०६८ को विनियन ५३ अनुसार ९ जनालाई निर्देशक पदमा बढुवा गरेको छ । त्यसैगरी, सहायक निर्देशक पदमा कार्यरत २७ जनालाई उपनिर्देशक पदमा बढुवा गरेको राष्ट्र बैंकले जनाएको छ ।
बढुवाका आधारहरुको मूल्याङकन गर्दा सभ्भाव्य उमेद्वारमध्ये बढी अंक प्राप्त गर्ने कर्मचारीहरु बढुवा भएका हुन । राष्ट्र बैंकका अनुसार निर्देशक पदका उमेद्वारमध्ये अन्तिम उमेद्वारले कुलमा १८८.९५ अंक र उपनिर्देशक पदका उमेद्वारमध्ये अन्तिम उम्मेद्वारले १८९.४५ अंक प्राप्त गरेको राष्ट्र बैंकले जनाएको छ ।