मुक्तिनाथ विकास बैंक र एनआईबिएल एस क्यापिटलबीच खरिद तथा बिक्री सम्झौता

 अर्थ बुलेटिन संवाददाता   २३ पौष, २०७६



काठमाडौं । मुक्तिनाथ विकास बैंक र एनआईबिएल एस क्यापिटल लिमिटेडबीच एनआईबिएल सहभागिता फण्ड खरिद तथा विक्रि गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा विकास बैंकको तर्फबाट बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग तथा क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेकाछन् ।  

सम्झौतापश्चात देशभरी रहेको ग्राहकहरुलाई समेट्ने गरी सात वटै प्रदेशका विभिन्न २० वटा शाखा कार्यालयहरुबाट एनआईबिएल सहभागिता फण्ड खरिद तथा विक्रि सम्बन्धी कार्य गर्न सक्नेछन् । 
 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation