

६ बैशाख, २०८२ | 19 Apr, 2025
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र काठमाडौस्थित होटल डेल अन्नपुर्णबीच विभिन्न सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने उद्दश्यले सम्झौता गरेको हो ।
सम्झौताअनुसार बैंकका ग्राहकहरुले होटल डेल अन्नपुर्णका साथै सो होटल अन्र्तगत जगतपुर लज, चितवन तथा फिशटेल लज, पोखरामा सेञ्चुरी बैंकको क्रेडिट कार्डबाट महशुल भुक्तान गर्दा बेकरी तथा अन्य खाद्य र बेभरेजमा १५ प्रतिसत सम्मको छुट पाउनेछन् ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र होटलका प्रमुख कार्यकारी अधिकृत राजु बिक्रम शाहले हस्ताक्षर गरेकाछन् ।