नाम चलेकै सिमेन्ट उद्योगको रोकिएन बदमासी गुणस्तरहीन उत्पादन गर्ने थप चार उद्योग कारबाहीमा

 अर्थ बुलेटिन संवाददाता   २४ पौष, २०७६



काठमाडौं । नाम चलेकै सिमेन्ट उद्योगले गुणस्तरहीन सिमेन्ट बेच्ने काम अझै रोकिएको छैन । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर विपरीत सिमेन्ट उत्पादन गर्ने चार उद्योग फेरि कारबाहीमा परेका छन ।

विभागको टोलीले नेपाल गुणस्तरअनुरुप सिमेन्ट उत्पादन नगर्ने विशाल सिमेन्ट प्रालि रुपन्देही, इन्टरनेशनल सिमेन्ट प्रालि पर्सा, आरएमसी सिमेन्ट प्रालि बारा र हिमालयन सिमेन्ट प्रालि झापालाई कारवाही गरेको हो ।

विभागका निर्देशक सञ्जीवकुमार ठाकुरले नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली, २०४० को नियम १६ ९क० अनुसार इजाजतपत्र स्थगन गरिएको जानकारी दिए । विशाल सिमेन्टलाई सङ्कलित नमूनाको एमजिओभन्दा बढी भएको, इन्टरनेशनल सिमेन्टलाई सङ्कलित नमूना ओपिसीको एलएसएफ कम भएको, आरएमसी सिमेन्टलाई सङ्कलित नमूनाको ओपिसी कम भएको विभागले जनाएको छ ।

यस्तै, हिमालयन सिमेन्टलाई सङ्कलित नमूनाको आइआर नेपाल गुणस्तर ३८४ अनुरुप नभएकाले कारवाही गरिएको विभागको भनाइ छ । अघिल्लो साता नाम चलेका सिभम्, अर्घाखाँची लगायतका सिमेन्ट कारबाहीमा परेका थिए ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation