भाउ आकासिएपछि सुन व्यापार ठप्प, आयात पनि गर्न छाडियो

 अर्थ बुलेटिन संवाददाता   २५ पौष, २०७६



काठमाडौं । सुनको मुल्य बढेपछि नेपालमा यसको कारोबार लगभग ठप्प भएको छ ।  पहिले पौष महिनामा दैनिक ३० कजी सुन खपत हुने थियो । तर, अहिले दैनिक मुस्किलले ५ केजी काचो सुन खपत हुने गरेको छ ।

यसै पनि सुनको कारोबार लागि पौष त्यति राम्रो सिजन होइन । तर, मुल्य बढेपछि साउन यता नै व्यवसायीहरु मर्कामा परेका छन् । हाल इरान र अमेरिकाको तनावको कारण विश्व बजारमा नै सुनको मुल्य बढेको छ ।

जसको कारण नेपालमा पनि सुनको मुल्य रू ७६ हजार ५०० सम्म पुगेको छ । आज भने यसको मुल्य ७५ हजार ५०० रुपैयाँ छ । मुल्य बढेर कारोबार ठप्प भएपछि बैंकहरुको सुन बिक्री हुन सकेको छैन । अहिले बैंकहरुमा ४५० केजी सुन स्टकमा रहेको नेपाल बैंकर्स संघले बताएको छ ।

साथै, पुसमा सुन आयात पनि नगरेको बैंकर्स संघका एक अधिकारीले बताए । नेपालमा सुन आयात गरेर व्यवसायीलाई बिक्री गर्ने अधिकार बैंकलाई मात्रा छ ।नेपालमा बार्षिक ३० अर्ब भन्दा बढीको सुन आयात हुन्छ ।

तर, यो बर्ष भने सुनको आयात घट्ने देखिएको छ । चालु आवको पहिलो ५ महीनामा रू. ६ अर्ब ९० करोडको सुन आयात भएको छ । गत आवको सो अवधीमा रू. १७ अर्ब ४५ करोडको सुन आयात भएको थियो ।

माघमा हुने विवाहका लागि यतिखेर सुनचाँदी पसलमा गरगहना अडर भइ सक्ने थियो । तर, अहिले पसलमा उल्टै गरगहना फिर्ता गर्ने ग्राहक आएका व्यवसायी महेन्द्र सुनार बताउछन् । मुल्य बढेपछि केही रकम फाइदा हुने भएपछि ग्राहकले गरगहना फिर्ता गर्ने गरेका छन् ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation