

७ बैशाख, २०८२ | 20 Apr, 2025
काठमाडौं । सेन्ट्रल फाईनान्सले सात प्रतिशत नगद लाभांस वितरण गर्ने घोषणा गरेको छ । फाईनान्सले हाल कायम रहेको चुक्ता पुंजी ८२ करोड ३३ लाख ९७ हजार आठ सय ५९ रुपैयाँ मध्येबाट सात प्रतिशतको दरमा पाँच करोड ७६ लाख ३७ हजार आठ सय ५० रुपैयाँ नगद लाभांस वितरण गर्ने घोषणा गरेको हो ।
लाभांस वितरणका सम्वन्धमा फाईनान्स सञ्चालक समितीको दुुई सय ८३ औं बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृती एवम् फाईनान्सको आगामी बार्षिक साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।