

७ बैशाख, २०८२ | 20 Apr, 2025
काठमाडौं । पवनकुमार गोल्यानलाई नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले एनएमबि बैंकका संचालक समितिका अध्यक्षको रुपमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएकाछन् ।
गएको बिहिबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल, ललितपुरमा सम्पन्न एनएमबि बैंक लिमिटेडकोे २४ औँ वार्षिक साधारण सभाले गोल्यानलाई संस्थापक शेयरधनीको प्रतिनिधि चयन गरेको हो ।
हाल एनएमबि बैंकको सञ्चालक समितिमा अध्यक्ष पवन कुमार गोल्यान, एफएमओको तर्फबाट संस्थापक शेयरधनी नीको पिल, कर्मचारी संचय कोषको तर्फबाट संस्थापक शेयरधनी राजेन्द्र काफ्ले, सर्वसाधारण शेयरधनीबाट शिरिष कुमार मुरारका, योगेन्द्र लाल प्रधान र उत्तम भ्लोन तथा स्वतन्त्र सञ्चालक प्रदिप राज पाण्डे रहेका छन् ।