२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । भाटभटेनी सुपर स्टोर्सले नक्कली भ्याट बिल खडा गरेर कर छलेको सर्वोच्चको ठहर छ । सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको सयुक्त इजलासले यसअघि राजस्व न्यायाधीकरणले पनि उक्त कम्पनीले नक्कली भ्याटबिल विल प्रयोग गरेर कर छलि गरेको फैसला सदर गरेको हो ।
राजस्व न्यायाधीकरणले भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स सहितका फर्म र कम्पनीले नक्कली भ्याटबिल प्रयोग गरेर राजस्व छली गरेको ठहर गरेको थियो । फैसलामा शंकर अक्सिजन ग्यास प्रालि र एआईटी प्रालिले पनि नक्कली बिल प्रयोग गरेर राजस्व छलेको ठहर गरिएको छ ।
सर्वोच्चले पुस २० गतेदेखि यी मुद्दा हेर्दाहेर्दैमा राखेर सुनुवाई गरेको हो। सर्वोच्चको फैसलापछि व्यवसायीहरुले कर प्रशासनले निर्धारण गरेको कर तिर्नुपर्ने भएको छ । भाटभटेनी सुपरस्टोरले २०६४ देखि २०६७ सालसम्म २२ करोड ६६ लाख रुपैयाँ कर छली गरेको भन्दै कर प्रशासनले संशोधित कर निर्धारण गरेको थियो ।