![अर्थ बुलेटिन](/Images/ArthaLogo.png)
![अर्थ बुलेटिन](/Images/ArthaBulletin.png)
२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा उछाल आएको छ । आज नेप्से १५ दशमलव १४ अंकले बढेर १२ सय ७० दशमलव ८६ अंकमा पुुग्दा सेन्सिटिभ तीन दशमलव ५५ अंकले बढेर दुुई सय ७६ दशमलव २८ अंकमा पुगेको छ ।
नेप्सेमा आज एक सय ८३ वटा कम्पनीहरुको १९ हजार तीन सय ५० वटा कारोबारमा ५५ लाख १८ हजार छ सय ३६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब ७० करोड ५० लाख ६० हजार छ सय ६४ रुपैयाँ पुगेको छ ।
आज १२ वटा समुहको कारोबार हुँदा दुुई वटा समुहको सुचक घटेकाछन् भने बाँकी समुहको सुचक बढेकाछन् । सो मध्ये वाणिज्य बैंक समुहको सुचक १४ दशमलव ८१ अंकले बढेर ११ सय २७ दशमलव १२ अंकमा पुुग्दा विकास बैंक समुहको सुचक पनि १२ दशमलव ५३ अंकले बढेर १७ सय ५३ दशमलव ३० अंकमा चढेकोे छ ।
जलबिद्युुत समुहको सुचक पनि ४८ दशमलव सात अंकले बढेर एक हजार ३४ दशमलव ४१ अंकमा चढेको छ । फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् । उत्पादनमुुलक र लघुुबित्त समुहको सुचक भने घटेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज घोडाघोडी लघुबित्त बित्तीय संस्था, सानिमामाई हाईड्रो पावर कम्पनी आदि परेकाछन् भने गुुमाउने कम्पनीहरुको सुचीमा नेपाल लघुुबित्त बित्तीय संस्था, सिभिल लघुुबित्त बित्तीय संस्था आदि परेकाछन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन् ।