झण्डै दुईदर्जन लघुवित्त संस्थाहरु मर्जरमा जाँदै

 अर्थ बुलेटिन संवाददाता   २९ पौष, २०७६



काठमाडौं । झण्डै दुईदर्जन लघुवित्त संस्थाहरु मर्जरमा जाँदैछन् । बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढी भएपछि नेपाल राष्ट्र बैंकले संख्या घटाउन मर्जर तथा एक्विजिसनको नीति अघि सारेको छ । सोही नीति अनुसार बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा एक्विजिसनमा १८ ओटा लघुवित्त संस्थाहरु मर्जर प्रक्रियामा सामेल हुन लागेको राष्ट्र बैंक स्रोतको दावी छ ।

राष्ट्र बैंकका अनुसार हाल ८९ ओटा लघुवित्त वित्तीय संस्थाहरु संचालनमा छन । मर्जरको प्रक्रियामा रहेको लघुवित्तको सुचीमा धौलागिरी र आँधीखोला लघुवित्त वित्तीय संंस्था हो । जुन धौलागिरी आँधीखोला लघुवित्त वित्तीय संस्थाको रुपमा कारोबार गर्दैछ ।

त्यस्तै, मर्जर प्रक्रियामा सामेल हुन लागेका लघुवित्त संस्थाहरुमा मिर्मिरे र स्वेडा लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध र नेपाल एग्रो लघुवित्त, जीवन विकास, सोल्भा र गरिबी न्युनिकरण लघुवित्त वित्तीय संस्थालगायतका लघुवित्त संस्थाहरु मर्जरमा जाने प्रक्रियामा रहेको राष्ट्र बैंक स्रोतको भनाइ छ ।

त्यस्तै, राष्ट्र बैंकका अनुसार उन्नति माइक्रो फाइनान्स र सहकार्य लघुवित्त वित्तिय संस्था, सूर्योदय र त्रिलोक लघुवित्त वित्तीय संस्था र चौतारी तथा आरम्भ लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर हुन लागेका छन । लघुवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले मर्जर तथा एक्विजिसनका लागि लघुवित्त संस्थाहरु सकारात्मक रहेको कारण मर्जरका लागि सहयोगी भूमिका खेल्ने बताउछन । मर्जर तथा एक्विजिसनले लघुवित्त संस्थाहरुमा रहेको दोहोरो सदस्यताको समस्या पनि केही हदसम्म समाधान हुने अपेक्षा गरिएको छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2025 - अर्थ बुलेटिन | Developed by Smart Innovation