कामना सेवा र ओम्नी मोटर्सबीच व्यापार सम्झौता

 अर्थ बुलेटिन संवाददाता   २९ पौष, २०७६



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र ओम्नी मोटर्स प्रालिबीच व्यापार सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार ओम्नी मोर्टस प्रालि मार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरुबाट सहज र छरितोरुपमा भारत बेञ्ज ब्राण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र ओम्नी मोटर्स प्रालिको तर्फबाट निर्देशक उदयन काब्राले हस्ताक्षर गरेकाछन् । 

बैंकले हाल देशका विभिन्न स्थानमा ११४ वटा शाखा तथा ६० वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोवाईल बैैकिङ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation