सगरमाथा निकेतनमा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न शारीरिक एवं मानसिक स्फुर्तीका लागि खेलकुद महत्वपूर्ण–प्राचार्य शर्मा

 अर्थ बुलेटिन संवाददाता   २९ पौष, २०७६



पोखरा । पोखरा–९ नयाँबजारस्थित सगरमाथा निकेतन स्कुलमा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ । त्रि–दिवशीय रुपमा सञ्चालित उक्त खेलकुद कार्यक्रममा विद्यालयमा अध्यायनरत विभिन्न सदनका छात्र–छात्राले सहभागिता जनाएका थिए ।

कार्यक्रमा छात्र–छात्रा जुनियर तथा सिनियर फुटबल, छात्र–छात्रा एकल तथा डबल्स टेबलटेनिस, छात्र–छात्रा एकल तथा डबल्स ब्याडमिण्टन लगायतका प्रतिस्र्धाहरु भएका हुन् । त्यस्तै एथलेटिक्सतर्फ छात्र–छात्रा सय मिटर, २ सय मिटर, ४ सय मिटर दौड, लमजङ, शटफुट लगायतका प्रतियोगिताहरु पनि भएका थिए ।

नर्सरिदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुविच लागि बेलुन फुटाउने, चकलेट दौड, तातो आलु, ५० मिटर दौड लगायतका मनोरन्जनात्मक प्रतिस्पर्धाहरु गरिएको प्रतियोगिता संयोजक समेत रहेका खेल शिक्षक कृष्ण थापाले जानकारी दिए ।

प्रतियोगिताका विजेता खेलाडीहरुलाई विद्यालयका प्राचार्य दिलिप कुमार शर्मा, शिक्षक शिक्षिका सविता थापा, रामजी बराल, टिकामाय गुरुङ्ग लगायतले पुरस्कार वितरण गरेका थिए । त्यस्तै शिक्षकहरु महेश गौतम, सुरज पौडेल, प्रताप गुरुङ्ग, फडिन्द्र बराल लगायतले अफिसियलको भूमिंका निर्वाह गरेका थिए ।

पुरस्कार वितरण समारोहमा बोल्दै प्राचार्य शर्माले विद्यालयस्तरमा सञ्चालन हुने यस किसिमका कार्यक्रमले विद्यार्थीहरुलाई शारीरिक एवं मानसिक रुपमा समेत स्वस्थ्य राख्ने औल्याए । पढाइका अलावा विद्यार्थीहरुभित्र लुकेका क्षमताको प्रस्फुटन पार्न यस्ता प्रतियोगिताहरुको महत्व रहने उनले बताए ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation