पोखरा रंगशालामा क्योकुशिन कान प्रतियोगिता सुरु

 अर्थ बुलेटिन संवाददाता   २९ पौष, २०७६



पोखरा । नेपाल क्युकोसिन कान कराँते संघ कास्की शाखाको आयोजनामा १९ औं माछापुच्छ्रे गण्डकी प्रदेश स्तरीय फुल कन्ट्याक्ट तथा प्रथम नेपाल क्योकुशिन कान प्रतियोगिता २०७६ सुरु भएको छ ।

पोखरा रंगशालामा मंगलबार छनोट चरणका खेलहरु भएपनि फाइनल खेल बुधबार ढुंगेसाँघुमा हुन आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, स्याङ्जा, तनहुँ, बाग्लुङ, म्यादी लगायतका जिल्लाबाट १ सय ५० भन्दा खेलाडी सहभागी भएका छन् ।

पुरुषतर्फ २५, ३० ३५, ४०, ४५, ५०, ५५ केजी मुनी  र खुला तौल समूहमा प्रतियोगिता भएको छ । महिलातर्फ ४०, ४५, ५० र खुला तौल समूहमा तिप्रशप्रधा भएको छ । प्रतियोगिताको सेमिफइनल खेल फाइनले खेल मात्र बुधबार हुने नेपाल क्योकुशिन कान कराते संघ कास्कीका अध्यक्ष बेल बहादुर थापाले जानकारी दिए । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई सिल्ड, मेडल प्रमाणपत्र र खादाले सम्मान गरिने छ ।

प्रतियोगिता आयोजना गर्न ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताबाट २ लाख रुपैयाँ बचत  अपेक्षा रहेको छ । बचत रकमबाट संघले खेलाडीलाई आवश्यक पर्ने म्याट, प्याड र ग्लोब किन्ने थापाले जानकारी दिए । संघका खेलाडीले यसभन्दा पहिला जापान, भियतनाम र युरोपमा विभिन्न देश लगायतमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक जितेका छन् थापाले बताए ।

प्रतियोगिताको औपचारीक कार्याक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले स्वास्थ्यको लागि, राज्यको लागि र पदकको लागि खेल खेलिने बताए । उनले पोखरा जस्ता पर्यटकको शरका लागि भने पर्यटनको विकासको लागि पनि खेलकुदको महत्वपुर्ण भूमिका रहेको बताए ।

प्रतियोगिता संयोजक दानबहादुर क्षेत्रीले १९ औं माछापुच्छ्रे गण्डकी प्रदेश स्तरीय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता एतिहासिक खेल भएको बताए । उनले यस्ता प्रतियोगिताले खेलाडीको स्तर, मनोबल बढाउने, राष्ट्रिय तथा अन्तरिाष्ट्रय खेलाडी उत्पादनमा सहयोग गर्ने बताए ।

नेपाल क्युकोसिन कान कराँते संघ कास्की अन्तर्गत पोखरा रंगशाला, पृथ्वीनारायण क्याम्पस, लेखनाथका रंगशाला, भण्डाढिक, गगनगौंडा, बागमारा प्रशिक्षण दिदै आएको कास्की जिल्ला प्रशिक्षक सुबास खड्काले जानकारी दिए । कास्की जिल्लामा संघमा मात्र हाल ३ सयभन्दा बढीले प्रशिक्षण लिदै आएको खड्काले बताए । संघमा आवद्ध खेलाडीले ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा ४ पदक जितेका थिए । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation