नेपाल टेलिकमलाई नाफामा लैजान व्यवस्थापन टिम कहाँ चुक्यो ?

 अर्थ बुलेटिन संवाददाता   २ माघ, २०७६



काठमाडौँ । नाफामुलक रुपमा गैरहेको सरकारी संस्थान मध्येको नेपाल टेलिकम पछिल्लो समय घाटामा रहेको छ । पछिल्लो समय एक वर्षमा नेपाल टेलिकमको नाफा आधाले घटेको छ । आव ०७५/७६ मा टेलिकमले ९ अर्ब ७६ अर्ब नाफा गरेको छ । यो अघिल्लो आवमा गरेको १७ अर्ब ४८ करोड रुपैयाँभन्दा करिब आधा कम हो ।

गत आवमा कम्पनीले ४३ अर्ब ८४ करोड र त्यसअघिको आवमा ४५ अर्ब २७ करोड आम्दानी गरेको छ । कम्पनीको बजार हिस्सा केही बढे पनि आम्दानी र नाफामा कमी आएको कम्पनीका अधिकारीहरु बताउछन । गत आर्थिक वर्षमा भ्वाइसतर्फ करिब ४ प्रतिशत र डेटातर्फ करिब ५ प्रतिशत बजार हिस्सा बढेको देखिन्छ ।  आफ्नो भ्वाइसतर्फको बजार हिस्सा करिब ५५ प्रतिशत र डेटातर्फको बजार हिस्सा ४८ प्रतिशत रहेको कम्पनीले बताएको छ ।

वार्षिक साधारणसभाका अवसरमा सञ्चालक समिति अध्यक्ष सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले विश्वव्यापी रूपमा भ्वाइस सेवाको व्यापारमा शिथिलता आई यसको व्यापार क्रमिक रूपमा डाटा तथा अन्य भ्यालु एडेड सेवामा स्थानान्तरण हुने क्रम जारी रहेको बताउछन् तीव्र प्रतिस्पर्धाका कारण भ्वाइस तथा डेटा सेवाको महसुलमा व्यापक कटौती गरिएकाले आम्दानी र नाफा कम भएको अध्यक्ष सुवेदीको बुझाइ छ । 

टेलिकम नाफा जानुमा व्यवस्थापनको कमजोरी देखिन्छ । फोरजीको विस्तारमा चरम ढिलाइ, एउटै लाइनबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन चलाउन सकिने (एफटीटीएच) प्रविधिको विस्तार नहुनु र सेवाको गुणस्तरमा सुधारमा  कम्पनीले तीव्रता दिन सकेको छैन । 

देशैभर फोरजी विस्तारका लागि करिब ४ हजार २ सय बीटीएस टावरमा फोरजी प्रविधि राख्नुपर्छ । यीमध्ये करिब १५ सय टावरमा फोरजी सेवा विस्तार गरिएको बताउने टेलिकमले  करिब ४ हजार २ सय वटा टावरमा फोरजी विस्तार गर्न सकेको छैन । व्यवस्थापन टिमले आफूलाई सुधारेर नयाँ शैलीबाट अघि बढ्नुपर्ने जानकारहरु बताउछन । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation