नेपाल र भारतले आफूखुसी नाका बन्द गर्न नपाउनेभन्सारबाट हुने चोरी पैठारी रोक्न भारतसँग सम्झौता हुँदै

 अर्थ बुलेटिन संवाददाता   ४ माघ, २०७६



काठमाडौं । भन्सार प्रशासन सम्बन्धि पहिलो पटक भारत–नेपालबीच सम्झौता हुने भएको छ ।

सरकारले भारतसँग गर्न लागेको ‘साझेदारी एवं आपसी सहायता आदानप्रदान सम्बन्धि सम्झौता’ बाट वास्तविक तथ्यांक संकलन र मुल्यांकन गर्नका लागि सहज हुनेछ ।

भन्सार विभागका उपमहानिर्देशक मनमाया भट्टराईले दुईदेशबीच हुन लागेको सम्झौतामा चोरी पैठारी नियन्त्रण, भन्सारमा अपराध गर्नेहरुको सुचना आदानप्रदान, कारबाहीजस्ता विषयहरु समावेश हुँदैछन् । यो सम्झौता पछि दुईदेशहरुले आफूखुसी नाका बन्द गर्न नपाउने भट्टराईको भनाई छ ।

उक्त सम्झौता गर्नका लागि भन्सार विभागले केही दिनमै अर्थमन्त्रालयमा सम्झौताको मस्यौदा पठाउने तयारी गरेको छ । अर्थ मन्त्रालयले मन्त्रिपरिषद्बाट सम्झौता गर्ने निर्णय गरेपछि दुईदेशका उच्च अधिकारीहरु सो समबन्धि सम्झौता गर्न बाटो खुला हुनेछ ।

यसअघि चीनसँग सरकारले यस्तो खालको सम्झौता भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदा चीनसँग भन्सार प्रशासन सम्बन्धि दुईदेशीय सम्झौता भएको थियो । उक्त सम्झौता कार्यान्वयनको चरणमा छ । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation