२३ माघ, २०८१ | 05 Feb, 2025
काठमाडौं । नेप्सेमा आज भने पहिरो गएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार २६ दशमलव ५४ अंकले घटेर १३ सय १७ दशमलव ११ अंकमा झर्दा सेन्सिटिभ चार दशमलव ८६ अंकले घटेर दुुई सय ८३ दशमलव ५३ अंंकमा झरेको छ ।
आज एक सय ८२ वटा कम्पनीहरुको २० हजार चार सय ४६ वटा कारोबारमा ५८ लाख ४६ हजार दुुई सय ३८ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम एक अर्ब ९७ करोड तीन लाख ८७ हजार नौ सय ९३ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोबार हुँदा १२ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये वाणिज्य बैंक समुहको सुचक १५ दशमलव ८८ अंकले घटेर ११ सय ६५ दशमलव ३६ अंकमा झर्दा जलबिद्युुत समुहको सुचक पनि ४२ दशमलव २२ अंकले घटेर एक हजार ३८ दशमलव ५६ अंकमा झरेको छ ।
बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेर रातै भएको छ ।
कमाउने कम्पनीहरुको सुचीमा मल्टीपर्पोस फाईनान्स, ग्लोवल आईएमई बैंक आदि परेकाछन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पाँचथर पावर कम्पनी, सामुुदायिक लघुुबित्त बित्तीय संस्थाआज परेकाछन । यसैगरी कारोबार भएको रकमका आधारमा भने हिमालयन डिष्ट्रिलरी प्रा लि, नेपाल क्रेडिट एण्ड कर्मश बैंक आदि परेकाछन् ।