बैंकिङ कसुरका घटना मौलाउँदैकरिब २ हजार मुद्दा सीआईबीको अनुसन्धान हुँदै अदालतमा पुगे

 अर्थ बुलेटिन संवाददाता   ७ माघ, २०७६



काठमाडौं । वित्तीय कसुरका घटना मौलाउँदै गएको छ । चालु आर्थिक वर्ष सुरु भएयता झण्डै २ हजारको हाराहारीमा बैंकिङ कसुरका मुद्दा दायर भएका छन । बिशेष सरकारी वकिलको कार्यालयका अनुसार चालु आवको पुस मसान्तसम्म १ हजार ८ सय ५५ वटा बैंकिङ कसुरका मुद्दा उच्च अदालत पाटनमा पेश भएका छन ।

बिशेष सरकारी वकिलको कार्यालय स्रोतका अनुसार सबैभन्दा बढी मंसिर र पुसमा बैंकिङ कसुरका मुद्दा दायर भएका छन । मंसिर र पुसमा क्रमशः ३८२/३८२ ओटा मुद्दा दायर भएका छन । त्यस्तै, साउनमा २ सय ५३, भदौमा ३ सय ८, असोजमा २५६ र कार्तिकमा २ सय ७३ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन । जसमा सबैभन्दा बढी चेक बाउन्सका घटना रहेको उनको भनाई छ ।

कानुनी व्यवस्थाविपरीत बैँक तथा वित्तीय संस्थाको रकम हिनामिना गर्नुलाई बैँकिङ कसुर भनिन्छ ।

विद्यमान कानुनी व्यवस्थाअनुसार धितोको अस्वाभाविक मुल्यांकन गरि ऋण लिने÷दिने, अनधिकृत खाता खोल्ने तथा रकम भुक्तानी दिने, अनधिकृत रुपमा एउटा व्यक्ति वा संस्थाको चेक तथा खाताको विवरण अर्काे व्यक्ति वा संस्थालाई दिनु, लगायतका काम गर्नुलाई बैँकिङ कसुर भएको मानिन्छ ।

बैकिङ कसुर सम्बन्धि मुद्दा २०६७ मा स्थापना भएको प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले हेर्दै आएको छ ।  सीआइबीले हालसम्म बैंकिङ कसुरमा करिब २३ अर्ब रुपैँया विगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको छ ।



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation