अग्नि सापकोटाको विषयमा माइतीघरमा दुःख नगर्न अधिकारकर्मीलाई प्रचण्डको सुझाव

 अर्थ बुलेटिन संवाददाता   ८ माघ, २०७६



काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अग्निप्रसाद सापकोटाका विषयमा मानवअधिकारवादीहरुले गरेको प्रदर्शनप्रति व्यंग्य गरेका छन् ।  बुधबार आफ्नै निवास खुमल्टारमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सापकोटाका विषयमा   माइतीघरमा दुःख नगर्न आग्रह गरेका हुन् । 

उनले  सिंगो राष्ट्र नै सभामुखका विषयमा एक ठाउँमा उभिएका बेला माइतीघरमा दुःख नगर्न सुझाव दिएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने,  ‘हिजोसम्म आइपुग्दा सभामुखको विषयमा सिंगो राष्ट्र एक ठाउँमा उभिसक्यो । अब साथीहरुले किन दुःख गरेका हुन् जाडोमा ।’

नेकपाले सर्वसम्मत रुपमा सापकोटाको नाम सिफरिस गरेको र प्रतिपक्षी दलहरुले समेत समर्थन गरेको अवस्थामा माइतिघरमा दुःख नगर्न प्रचण्डले सुझाव दिए । दाहालले सापकोटाका विरुद्धमा कुनै मुद्धा नै नभएको समेत बताएका छन् । ‘उहाँमाथि केही पनि छैन । बेकारको कुरा हो त्यो ।

हाम्रो पार्टी त सर्वसम्मत निर्णय गरेर सभामुखमा अग्नि सापकोटालाई अघि सा¥यौ । हिजो प्रतिपक्षी र अरु पार्टीले समेत उहाँलाई समर्थन गरिसकेपछि सिंगो राष्ट्र नै एक ठाउँमा भएको बेला माइतिघर मण्डलामा साथीहरुले दुःख नगरे हुन्थ्यो’, प्रचण्डले भने ।

यसअघि बुधबार दिउँसो मावनअधिकारवादीहरुले अदालतमा मुद्धा चलिरहेको व्यक्तिलाई सभामुख बनाउन लागिभएको भन्दै विरोध प्रदर्शन गरेका थिए । 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation