बर्दियाको गुलरियामा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

 अर्थ बुलेटिन संवाददाता   ८ माघ, २०७६



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सोमबार प्रदेश नं. ५ को बर्दिया जिल्ला, गुलरीया नगरपालिका वडा नं. ६जि. वि. स. रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालन सँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले २६७ वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना १८ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation