हिमालयन बैंक र म्याक्स मनि एस. डि. एनविएच डिबीच सहकार्य

 अर्थ बुलेटिन संवाददाता   ८ माघ, २०७६



काठमाडौं । हिमालयन बैंक लि. र विप्रेषणको कारोबार गर्दै आएको मलेसियन कम्पनी म्याक्स मनि एस. डि. एन. वि. एच. डिबीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र म्याक्स मनिका प्रमुख कार्यकारी अधिकृत मो.अविद हमिदले क्वालालम्पुर मलेशियामा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन ।

साथै दुबै संस्थाका प्रतिनिधिले मलेशियाबाट विप्रेषण सेवापुःन सुचारु गर्ने नयाँ सम्झौतापत्रमा पनि हस्ताक्षर गरेकाछन ।  हिमालयन बैंक लिमिटेड र म्याक्स मनिले आउँदादिनहरुमा पनि सम्झौतापत्रमा उल्लेखित प्रावधानहरुमा रहि अघि बढ्ने जनाएका छन् । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation