रेमिट्ली र जि.एम.इ रेमिटबीच विप्रेषण सहकार्य

 अर्थ बुलेटिन संवाददाता   ९ माघ, २०७६



काठमाडौं । रेमिट्ली र  जि.एम.इ रेमिट प्रा.लिबीच विप्रेषण सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जि.एम.इ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र रेमिट्लीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याथो अपेन्थेमिरले हस्ताक्षर गरेका छन् । 

सम्झौता पश्चात यही माघ आठ गते देखि नै रेमिट्ली मार्फतविश्व भरीबाट पठाएको रकम जि.एम.इ रेमिट को ७००० भन्दा बढी एजेन्ट मार्फत भुक्तानी लिन सकिनेछ ।

हाल जि.एम.इ रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के, मलेसिया, जापानलगाएत खाडि मुलुकहरुबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation