इटहरीको विद्यालयमा शिक्षकको हाजिर विद्यार्थीले गर्छन्

 अर्थ बुलेटिन संवाददाता   ९ माघ, २०७६



इटहरी । इटहरीको सरस्वती माध्यमिक विद्यालयका प्रत्येक कक्षामा वालक्लवले घडि राखेको छ । शिक्षक कक्षामा कतिवेला प्रवेश गरे त्यहि घडि हेरेर विद्यार्थीले खातामा लेख्छन,शिक्षक कतिवेला कक्षाकोठावाट निस्के त्यो पनि लेखेर राख्छन ।

इटहरीका प्रत्येक सामुदायिक विद्यालयमा गठन भएका वालक्लव र ग्रिन क्लवले यस्तै उदाहरणीय काम गरिरहेका छन । इटहरी उपमहानगरले आयोजना गरेको माध्यमिक विद्यालयका वालक्लव र ग्रिन क्लका अध्यक्षहरुसँगको अन्तरक्रिया कार्यक्रममा वालवालिकाले विद्यालय र समुदायमै गरेका विभिन्न कामहरुको अनुभव सुनाए ।

इटहरीको कविर माध्यमिक विद्यालयको वालक्लवका छात्राहरुले आफूहरुले प्रयोग गर्ने सेनेटरी प्याड स्कुलमै वनाएर प्रयोग गर्ने गरेका छन । उनीहरुले स्कुलमै तालिम लिएर प्याड वनाएर जम्मा गर्ने गरेका हुन ।

वालक्लव र ग्रिनक्लवका विद्यार्थीहरु अत्यन्तै रचनात्मक देखिए उपमहानगर शिक्षा युवा तथा खेलकुद महाशाखाका अघिकृत फाल्गुनी काफलेले वताईन्  । एउटा विद्यालयका विद्यार्थीको सकारात्मक कार्य अर्को विद्यालयका वालवालिकाले पनि सिकुन भनेर राखिएको अन्तरक्रिया कार्यक्रम फलदायी वनेको महाशाखा प्रमुख कुमारी अम्विका शाहले वताईन्  ।
   

इटहरीकै राष्ट्रिय मायमिक विद्यालयको वालक्लवका विद्यार्थीहरुले विद्यालय छेउछाउको गाँउमा फोहोरमैला भएको देखेभने त्यहाँ जान्छन स्थानीय जुटाउन अनि सरसफाई गर्छन ।

स्कुले केटाकेटीले फोहोर देखे भने आउछन भनेर स्थानीय आफै सरसफाइमा जुटन थालेका छन । अन्तरक्रियामा वाल र ग्रिनक्लवका अध्यक्षहरुले नियमित वैठक वस्ने,हप्तामा एक दिन अनिवार्य अतिरिक्त क्रियाकलाप गर्ने,वृक्षारोपण,फूलवारी निर्माण,चेतनामूलक कार्यक्रम गर्ने लगायतका कार्य सुनाए ।

इटहरीको कविर माविका विद्यार्थीले स्कुल आसपासमा मदिरा र सूर्तिजन्य पदार्थ वेचविखन नगर्न खवरदारी गर्ने गरेका छन । पकली माविको वालक्वलले विद्यालयमा खाजामा जंक फुड ल्याउन निशेध गरेका छन ।

महेन्द्र मावि इटहरीमा कोहि विद्यार्थी लामो समय विद्यालय नआए वालक्वलका छात्रछात्रा ती विद्यार्थीको घरमै पुगेर अभिभावक र विद्यार्थीलाई सम्झाई वुझाई गर्ने गरेका छन ।
वालक्वल र स्काई क्वलका वालवालिकाको गतिविधिले आफूहरुलाई समेत उत्साहित वनाएको उपमहानगर शिक्षा,युवा तथा खेलकुद महाशाखाका अघिकृत फाल्गुनी काफलेले वताईन् । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस





थप शिक्षा / स्वास्थ्य खबर

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए

मध्य युगमा लाखाैंकाे ज्यान लिने ‘ब्लाक डेथ’ का संक्रमित चीनमा भेटिए


प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा एकदिने सेमिनार सम्पन्न


एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री


जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि

जनसंख्या विषयलाई थप व्यवहारिक बनाउदै त्रिवि


नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट संक्रमणकाे पुष्टि


आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने

आजको मौसमः प्रदेश १ को हिमाली भु–भागमा हिउँ पर्ने


डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता

डा. सन्दूकसँगको भेटमा प्रधानमन्त्रीले जनाए तिलगङ्गालाई मानिक विश्वविद्यालय बनाउने प्रतिवद्धता


वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज



विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation