

२७ बैशाख, २०८२ | 10 May, 2025
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से घटेर नै रोकिएको छ । बिहिबार नेप्से १५ दशमलव ९५ अंकले घटेर १२ सय ९७ दशमलव ४७ अंकमा झर्दा सेन्सिटिभ तीन दशमलव ५९ अंकले घटेर दुुई सय ७८ दशमलव ७२ अंकमा झरेको छ ।
आज एक सय ७२ वटा कम्पनीहरुको १५ हजार तीन सय १६ वटा कारोबारमा ३७ लाख ५४ हजार पाँच सय २१ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम एक अर्ब ३८ करोड ४२ लाख नौ हजार चार सय १२ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोबार हुँदा अन्य र जीवन बीमा समुहको सुचक बढे पनि बाँकी १० वटा समुहले सुचक घटेकाछन् । ति मध्ये वाणिज्य बैंक समुहको सुचक २१ दशमलव २३ अंकले घटेर ११ सय ४० दशमलव १९ अंकमा पुुग्दा जलबिद्युुत समुहको सुचक पनि १५ दशमलव ५२ अंकले घटेर एक हजार छ सय दशमलव ३५ अंकमा पुुगेको छ ।
बिकास बैक, निर्जिवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स, उत्पादनुुमलक, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेर रातै भएकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा आज सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी, मिथिला लघुुबित्त बित्तीय संस्था आदि परेकाछन भने गुुमाउने कम्पनीहरुको सुचीमा सिद्धार्थ ईक्विटी फण्ड, मञ्जुुश्री फाईनान्स आदि परेकाछन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, ग्लोबल आईएमई बैंक आदि परेकाछन् ।