

७ बैशाख, २०८२ | 20 Apr, 2025
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल ईन्स्टिच्युट प्रा. लि.सँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख प्रकाश घिमिरे र अस्पतालका सञ्चालन निर्देशक चण्डेश्वर एन. आर. वैद्यले हस्ताक्षर गरेका हुुन् ।
सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवार लगायत बैंकका संस्थापक÷सेयरधनीहरुले चिरायु नेसनल हस्पिटलमा उपचार गराउँदा सेवाशुल्कमा छुट पाउनेछन् ।
सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापक/सेयरधनीहरु, कर्मचारी साथै कर्मचारीका परिवारले बेड चार्जमा अधिकतम २० प्रतिशतसम्म उपचार प्रक्रियामा अधिकतम १५ प्रतिशतसम्म, रोगको निदानमा अधिकतम १२ प्रतिसत तथा औषधीमा पाँच प्रतिशतसम्म आकर्षक छुट प्राप्तगर्न सक्नेछन् ।
देशका १०२ वटा शाखाहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले आगामीदिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।