रिमझिम बजारमा देवः विकास बैंकको शाखा उद्घाटन

 अर्थ बुलेटिन संवाददाता   १० माघ, २०७६



काठमाडौं । देवः विकास बैंक लिमिटेडको खजुरा गाउँपालिका, रिमझिम बजारमा सञ्चालित रिमझिम शाखा कार्यालयको एक कार्यक्रमबीच बैंक संचालक समितिका अध्यक्ष उपरथि बज्र गुरुङ्ग (अ.प्रा.) बाट औपचारिक उद्घाटन गरिएको छ  ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अध्यक्ष बज्र गुरुङ्गले गुणस्तरिय सेवा विस्तारमा जोड दिदै बैंकलाई कुमारी बैंकसँग समाहित गरी अझ उत्कृष्ट सेवा प्रदान गर्न लागेको बताए । कार्यक्रममा देवः विकास बैंक लि.का संचालक बिजय राज शर्मा भुषाल,  खजुरा गाउँपालिकाका वडा नं. २ का अध्यक्ष देविलाल शर्मा, रिमझिम बजार व्यवस्थापन समितिका अध्यक्ष श्री प्रमोद रेग्मीको समेत उपस्थिति रहेको थियो । 

यसैगरी घोराही उप महानगरपालिकाको हस्पिटल रोडमा संचालनमा ल्याएको नयाँ शाखा कार्यालयको बुुधबार बैंक संचालक समितिका अध्यक्ष उपरथि बज्र गुरुङ्ग (अ.प्रा.) को सभापतित्वमा आयोजित समारोहमा प्रमुख अतिथि, घोराही उप महानगरपालिका नगर प्रमूख नरुलाल चौधरीबाट समुद्घाटन गरिएको थियो ।

कार्यक्रममा आफ्नो विशेष मन्तव्य राख्दै घोराही नगर क्षेत्रको बढ्दो आर्थिक गतिविधि, शहरीकरण र ग्राहकको माग बमोजिम एउटै बजार क्षेत्र भित्र दुई वटा शाखा संचालन गरेर आर्थिक गतिविधिलाई सहज बनाइ दिएको र बैंकले वित्तीय साक्षरता तथा पहँुचमा बृिद्ध हुने कार्यमा समेत जोड दिन आवश्यक रहेको बताए ।

कार्यक्रममा देवः विकास बैंकका संचालक विजय राज शर्मा भुषाल, घोराही उद्योग वाणिज्य संघका अध्यक्ष, नारायण भुषाल, नागरिक समाज, दाङ्गका अध्यक्ष चन्द्र राज पन्त, दाङ्ग महिला जेसिस २०२० का अध्यक्ष, जीवा भुषालले पनि मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दे बैंकका प्रमूख कार्यकारी अधिकृत बिजय बहादुर श्रेष्ठले देवः विकास बैंक सधैं ग्राहकको अधिकतम सुविधालाई ध्यानमा राखि अगाडि बढिरहेको र समयानुकूल आधुनिक बैंकिङ्ग सेवा विस्तार एवं स्तरोन्नतिका लागि कुमारी बैंक लि.सँग एक्विजिशनमा जान लागेको जानकारी दिए । कार्यक्रममा, बैंकका क्षेत्रिय प्रमूख, पत्रकार, विभिन्न संघसंस्थाका प्रमूख, व्यापारी, स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो । 

 



प्रतिक्रिया


प्रतिक्रिया थप्नुहोस






विज्ञापन

 

© 2024 - अर्थ बुलेटिन | Developed by Smart Innovation